ad ad

ग्लोबल


जलवायु परिवर्तनका मुद्दालाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्नुपर्छ : कोप-२८ अध्यक्ष

जलवायु परिवर्तनका मुद्दालाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्नुपर्छ : कोप-२८ अध्यक्ष

नेपालखबर
मंसिर २५, २०८० सोमबार १२:४१,

संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलन (कोप-२८) का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्यूनीकरणका लागि भइरहेको बहसलाई चाँडोभन्दा चाँडो अन्तिम निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।

सम्मेलनका पक्ष राष्ट्रले जोखिममा रहेका मुद्दामा सहमतिमा पुग्न वार्तामा थप जोड दिन आवश्यक रहेको अध्यक्ष जाबेरले बताएका हुन्।

यस सम्बन्धमा प्रगति भइरहे पनि पर्याप्त र छिटो काम हुन नसकेको अध्यक्ष जाबेरले बताए।

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षधरहरूको सम्मेलनको २८औँ सत्रमा कोप-२८ को पछिल्लो घटनाक्रमबारे जानकारी दिँदै उनले यस्तो टिप्पणी गरेका हुन्।

अध्यक्ष जाबेरले जलवायु परिवर्तनका मुद्दालाई गहन रूपमा लिएर खुला छलफल गर्न आवश्यक रहेको बताए। उनले मुद्दाहरूलाई निष्पक्ष र न्यायोचित रूपमा सम्बोधन गर्न आवश्यक रहेको समेत बताए।
 
अध्यक्ष जाबेरले समाधानका लागि सबै देश तयार होउन् भन्ने चाहेको बताए। सबैजना लचिलो हुन र सम्झौता स्वीकार गर्न तयार हुनुपर्ने अध्यक्ष जाबेरको मत छ।

नोभेम्बर ३० देखि चलिरहेको कोप-२८ डिसेम्बर १२ सम्म चल्नेछ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनमा सबै देशले सामना गरिरहेको दबाबपूर्ण जलवायु संकटको समाधानको लागि काम गर्न विश्वभरबाट १ लाख १० हजारभन्दा बढी सहभागी भएका छन्। -सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .