ad ad

कारोबार


शौर्य मिथिला लोक चित्रकला प्रतियोगिताको दोस्रो चरणमा ७५ जनाले बनाए चित्र

शौर्य मिथिला लोक चित्रकला प्रतियोगिताको दोस्रो चरणमा ७५ जनाले बनाए चित्र

नेपालखबर
मंसिर २५, २०८० सोमबार १२:४२, काठमाडौँ

शौर्य सिमेन्टको आयोजनामा मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ।

मधेस प्रदेशस्तरमा गरिएको उक्त कार्यक्रममा १ सय ५० वटा भन्दा बढि आबेदन परेको थियो जसबाट दोस्रो चरणमा ७५ जनालाइ छनौट गरिएको थियो।

छनौट भएका ७५ जनाले शौर्य सिमेन्ट उद्योगको परिसर स्थित हलमा क्यानभासमा दिइएको विषय बस्तु अनुसार चित्र बनाउन लगाइएको थियो।

उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनौट गरिने छ जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ।

तेस्रो चरणको प्रतियोगिता पौष २ गतेदेखि ७ गते सम्म चल्नेछ। यस प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वित्तीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार र बाँकी १२ जनालाई ५–५ हजार नगद प्रदान गरिने छ।

कार्यक्रमको निर्णायक टिममा मिथिला आर्ट ग्यालरिका सञ्चालक श्याम सुन्दर यादब र सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर रहेका छन्।

‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान’ मूल नाराका साथ आफनो सामाजिक उतरदायित्व अन्तर्गत शौर्य सिमेन्ट इन्डस्ट्रिजले गरेको यो कार्यक्रमको विभिन्न क्षेत्रबाट प्रसंशा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .