ग्लोबल


इजिप्टमा राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदै

इजिप्टमा राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदै

नेपालखबर
मंसिर २५, २०८० सोमबार ११:४५,

इजिप्टमा राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ।

विदेशमा रहेका इजिप्टका मतदाताले यसअघि १ देखि ३ डिसेम्बरसम्म मतदान गरेका थिए।

करिब ६७ मिलियन इजिप्टियन मतदानका लागि योग्य रहेको त्यहाँका अधिकारीले बताएका छन्। मतदानका लागि ९ हजारभन्दा बढी मतदान केन्द्र तोकिएका छन्।

राष्ट्रपतिका लागि चार जना उम्मेदार चुनावी मैदानमा छन्। यो मैदानमा दुई पटक राष्ट्रपतिमा निर्वाचित भइसकेका अब्दल फताह इल–सिसी छन्।

तेस्रो कार्यकालका लागि चुनाव लडिरहेका सिसी सन् २०१४ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए। उनी २०१८ मा दोस्रो कार्यकालका लागि पनि भारी बहुमतका साथ निर्वाचित भएका थिए।

अन्य तीन प्रतिस्पर्धीमा सोसल डेमोक्रेटिक पार्टीका फरिद जहरान, अल–वाफद पार्टीका अब्देल सनद यामामा र पिपुल्स रिपब्लिकन पार्टीका हाजेम ओमर छन्।

चुनावको अन्तिम नतिजा १८ डिसेम्बरमा घोषणा गर्ने तालिका छ। – सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad