कारोबार


तोलामा ५ सय रुपैयाँ सस्तियो सुन

तोलामा ५ सय रुपैयाँ सस्तियो सुन

नेपालखबर
मंसिर २५, २०८० सोमबार ११:४०, काठमाडौँ

सुनको मूल्य सोमबार घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख १७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको हो। 

अघिल्लो दिन १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज तेजाबी सुन १ लाख १६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन यो सुन १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

यता चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ। तोलामा १५ रुपैयाँ घटेपछि आज चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .