ad ad

ग्लोबल


चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबीच इजरायल–हमास युद्धबारे छलफल, के भयो कुरा?

चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबीच इजरायल–हमास युद्धबारे छलफल, के भयो कुरा?

फाइल तस्बिर


रासस/एएफपी
मंसिर २०, २०८० बुधबार १४:३१, बेइजिङ

चीन र अमेरिकाले उनीहरूका शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजरायल–हमास युद्धबारे छलफल गरेको र युद्धलाई कम गर्ने आवश्यकतामा सहमत भएको बताएका छन्। 

अमेरिकी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले युद्ध फैलिनबाट रोक्न काम गर्ने सबै पक्षको अनिवार्यतालाई दोहोर्‍याए। 

मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका अनुसार ब्लिङ्कनले लाल सागरमा इरान समर्थित हुथी विद्रोहीहरूको हालैको हमलाबारे पनि कुरा उठाएका थिए। विदेशमन्त्री ब्लिङ्कनले उक्त हमलालाई सामुद्रिक सुरक्षा र अन्तर्राष्ट्रिय कानूनका लागि अस्वीकार्य खतरा हो भने। उक्त कानुनको पालना सबै मुलुकले गर्नुपर्ने दायित्व भएको उनले बताए।

बेइजिङका अनुसार विदेशमन्त्री वाङ यीले इजरायल र हमासबीचको युद्धको सम्बन्धमा ‘सर्वोच्च प्राथमिकता गोली हानाहान रोक्न र युद्धलाई चाँडोभन्दा चाँडो समाप्त गर्नु रहेको’मा जोड दिए।

विदेश मन्त्रालयका अनुसार वाङले भने, ‘प्रमुख मुलुकहरूले निष्पक्षता र न्यायको पालना गर्नुपर्छ, वस्तुनिष्ठता र निष्पक्षतालाई कायम राख्नुपर्छ, शान्ति र तर्कसङ्गतता देखाउनुपर्छ र स्थितिलाई शान्त बनाउन तथा ठूलो मात्रामा मानवीय विपत्तिलाई रोक्न हरसम्भव प्रयास गर्नुपर्छ।’

उनले द्वन्द्वको दुई राज्य समाधानका लागि बेइजिङको आह्वानलाई दोहोर्‍याए। उनले प्यालेस्टाइनको भविष्यसँग सम्बन्धित कुनै पनि व्यवस्थाले प्यालेस्टिनी जनताको इच्छालाई प्रतिबिम्बित गर्नुपर्ने बताए।

‘चीन यो दिशामा प्रयास गर्न सबै पक्षसँग मिलेर काम गर्न तयार छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .