ग्लोबल


भारतको कर्नाटकमा मेशिन खस्दा बिहारका सात मजदुरको मृत्यु

भारतको कर्नाटकमा मेशिन खस्दा बिहारका सात मजदुरको मृत्यु

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १७:४७, काठमाडौँ

भारतको कर्नाटकस्थित एक अन्न भण्डारमा सोमबार साँझ दुर्घटना हुँदा कम्तीमा ७ मजदुरको ज्यान गएको छ।

यो दुर्घटनामा ज्यान गुमाउने सबै ७ जना मजदुर बिहारका हुन्। कर्नाटकको आलियाबादमा एक विशाल अन्न प्रशोधन मेसिनको एक भाग खस्दा उक्त दुर्घटना भएको हो।

करिब १०० टनको उक्त मेशिनको एक भाग खस्दा मजदुरहरू त्यसभित्र दबिएका थिए। दबिएका ती सबै मजदुरको घटनास्थलमै ज्यान गएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।

विजयपुराका एसपी सोनवाने ऋषिकेश भगवानले समाचार एजेन्सी पीटीआईलाई बताए अनुसार यस घटनामा तीनजना घाइते भएका छन्।

उक्त अन्न भण्डाभित्र दबिएकामध्ये एकजनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .