भारतीय प्रधानमन्त्री मोदीले भारतमै निर्मित तेजस लडाकु विमानमा उडान गरेका छन्। तेजस ‘लाइट कम्ब्याट एयरक्राफ्ट’ हो।
बेंगलुरुमा केही मिनेट उनले सो विमानमा उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उडानपछि मोदीले एक्समार्फत आफूहरु आत्मनिर्भरताको क्षेत्रमा कोहीभन्दा कम नरहेको बताएका छन्।
एरोनटिकल डेभलपमेन्ट एजेन्सी र हिन्दुस्तान एरोनटिक्स लिमिटेडले डिजाइन र निर्माण गरेको तेजस गत सात वर्षदेखि भारतीय वायुसेनाको हिस्सा रहँदै आएको छ।
भारतीय वायुसेनासँग तेजको दुई वटा स्क्वाड्रन रहेको बताइएको छ।
२००३ मा यो विमानलाई तेजस नामाकरण गरिएको थियो। गत महिना वायुसेना प्रमुख मार्सल भीआर चौधरीले थप ९७ वटा तेजस खरिद प्रक्रिया अघि बढाउने बताएका थिए। त्यसपछि भारतीय सेनासँग २२० वटा तेजस हुनेछ।
A flight to remember! Tejas is India’s pride, a manifestation of the strength and skills of 140 crore Indians. pic.twitter.com/n8hZk6fGKc
— Narendra Modi (@narendramodi) November 25, 2023
सो खरिद प्रक्रियालाई अघि बढाउने संकेतस्वरुप मोदीले यो उडान भरेको आकलन गरिएको छ।
Shares
प्रतिक्रिया