तिहार र छठपछि खुलेको सेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको संकेत देखिएको छ। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८ दशमलव ११ अंकले बढेर १ हजार ८ सय ६० दशमलव २० को बिन्दुमा कायम छ।
सोमबार नेप्से एक दशमलव ३९ अंकले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अंकमा कायम भएको थियो।
सातामा कारोबारको दोस्रो दिन नेप्सेकमा २३ दशमलव ८२ अंकको गिरावट देखियो।
मंगलबार परिसूचक १ दशमलव २८ प्रतिशतले घटेर १ हजार ८ सय २९ दशमलव ६५ को बिन्दु कायम भएको थियो। बुधबार परिसूचक २० दशमलव ६७ अंकले बढेर १ हजार ८ सय ५० दशमलव ३३ अंकमा उक्लियो। साताको अन्तिम कारोबार दिन बिहीबार ९ दशमलव ८७ अंकले बढेर १ हजार ८ सय ६० दशमलव २० अंकमा कायम भएको छ।
साताभरमा ४ अर्ब ४८ करोड ५२ लाख ४३ हजार ५ सय ३९ रूपैयाँ कारोबार भएको छ।
एक सातामा बजार पुँजीकरण १० अर्ब ३६ करोड १३ लाख ५० हजारले बढेको हो।
Shares

प्रतिक्रिया