ad ad

कारोबार


सेयर बजारमा तिहार र छठपछिको पहिलो साता : ८ अंकको सुधार

सेयर बजारमा तिहार र छठपछिको पहिलो साता : ८ अंकको सुधार

नेपालखबर
मंसिर ९, २०८० शनिबार १८:४७, काठमाडौँ

तिहार र छठपछि खुलेको सेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको संकेत देखिएको छ। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८ दशमलव ११ अंकले बढेर १ हजार ८ सय ६० दशमलव २० को बिन्दुमा कायम छ।
     

यो साताको पहिलो कारोबार सोमबार भएको थियो। एक हजार आठ सय ५२ दशमलव ०९ को बिन्दुबाट कारोबार सुरु भएको नेप्सेमा पहिलो दिन झिनो अंकको सुधार देखिएको थियो।

सोमबार नेप्से एक दशमलव ३९ अंकले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अंकमा कायम भएको थियो।

सातामा कारोबारको दोस्रो दिन नेप्सेकमा २३ दशमलव ८२ अंकको गिरावट देखियो।

मंगलबार परिसूचक १ दशमलव २८ प्रतिशतले घटेर १ हजार ८ सय २९ दशमलव ६५ को बिन्दु कायम भएको थियो। बुधबार परिसूचक २० दशमलव ६७ अंकले बढेर १ हजार ८ सय ५० दशमलव ३३ अंकमा उक्लियो। साताको अन्तिम कारोबार दिन बिहीबार ९ दशमलव ८७ अंकले बढेर १ हजार ८ सय ६० दशमलव २० अंकमा कायम भएको छ।

साताभरमा ४ अर्ब ४८ करोड ५२ लाख ४३ हजार ५ सय ३९ रूपैयाँ कारोबार भएको छ। 
     
यो साताको पहिलो दिनको कारोबारपछि २८ खर्ब ५७ अर्ब ७५ करोड ९० लाख १० हजार बराबर रहेको बजार पुँजीकरण अन्तिम दिनको कारोबारपछि २८ खर्ब ६८ अर्ब १२ करोड ३ लाख ६० हजार कायम भएको छ।

एक सातामा बजार पुँजीकरण १० अर्ब ३६ करोड १३ लाख ५० हजारले बढेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .