इजरायली सेनाले हमास शासित गाजाको सबैभन्दा ठूलो अस्पताल अल सिफा अर्को एक घण्टाभित्र खाली गर्न आदेश दिएको छ।
अल जजिरा र समाचार एजेन्सी एएफपीले प्यालेस्टिनी चिकित्सकहरूलाई उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्।
सैनिकहरूले अस्पताल परिसरमा खोजी गरिरहेको उनले बताए।
हमासले अस्पतालमुनि सुरुङ बनाएर आफ्नो कमान्ड स्थापित गरेको दाबी गर्दै इजरालले त्यहाँ सेना पठाएको छ। हमासले भने उक्त आरोपलाई झुटो भनेको छ।
अल सिफा गाजाको सबैभन्दा ठूलो अस्पताल हो। धेरै विस्थापितले यहाँ आश्रय लिएका छन्।
इजरायली सेनाले केही दिनदेखि अल सिफालाई घेरेको छ। बुधबार सेना अस्पताल परिसरमा प्रवेश गरेको थियो।
बिजुली, पानी र खाद्यवस्तु नपाएर धेरै दिन काम गरेको अस्पतालका चिकित्सकले बताएका छन्।
48
Shares
प्रतिक्रिया