ad ad

ग्लोबल


गाजा युद्ध अन्त्यको पहल गर्न ५७ मुलुकको सम्मेलन साउदीमा सुरु

गाजा युद्ध अन्त्यको पहल गर्न ५७ मुलुकको सम्मेलन साउदीमा सुरु

नेपालखबर
कात्तिक २५, २०८० शनिबार १७:५६, काठमाडौँ

गाजा युद्ध अन्त्य गर्नेबारे अरब तथा मुस्लिम मुलुकहरुको शिखर सम्मेलन साउदी अरबको रियादमा सुरु भएको छ। यो सम्मेलनमा ५७ मुलुक सहभागी छन्।

सम्मेलनमा सहभागी हुन इरानका राष्ट्रपति इब्राहिम रइसी, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र सिरियाका राष्ट्रपति बसर अल असद समेत रियाद पुगिसकेका छन्।

यो सम्मेलनले गाजामा युद्ध रोक्न अमेरिका र इजरायललाई दबाब दिने बताइएको छ।

सम्मेलन उद्घटानमा बोल्दै साउदी अरबका युवराज मोहम्मद बिन सलमानले तत्काल गाजामा सैन्य काराबाही रोक्न र युद्धबन्दी तथा कैदीहरु छाड्न आह्यान गरेका छन्।

‘यो मानवीय संकट हो। यसले इजरायलद्वारा अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघनलाई रोक्न अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघीय सुरक्षा परिषदको असफल भएको कुरा साबित गरिदिएको छ। त्यस्तै विश्वले अपनाएको दोहोरो मापदण्डलाई पनि प्रमाणित गरिदिउको छ,’ सलमानले भने। 

सम्मेलनमा इरानी राष्ट्रपति रइसीले इजरायललाई इन्धन आपूर्ति बन्द गर्नुपर्ने माग राख्ने बताइएको छ। त्यस्तै उनले इजरायललाई हतियार बिक्री बन्द गर्नुका साथै अरब मुलुकहरुले इजरायली विमानका लागि नो फ्लाइ जोन घोषणा गर्नुपर्ने माग समेत राख्ने बताइएको छ। 

रइसी ११ वर्षपछि साउदी अरब भ्रमण पहिलो इरानी राष्ट्रपति हुन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .