ad ad

ग्लोबल


इजरायलले सच्यायो हमासको आक्रमणबाट मारिएका नागरिकको संख्या

इजरायलले सच्यायो हमासको आक्रमणबाट मारिएका नागरिकको संख्या

नेपालखबर
कात्तिक २५, २०८० शनिबार ८:३६, काठमाडौँ

इजरायलले हमासको आक्रमणमा मारिएका व्यक्तिको संख्या परिमार्जन गरेको छ। 

इजरायलले यसअघि अक्टोबर ७ मा हमासको आक्रमणमा आफ्ना १४ सय नागरिक मारिएको बताएको थियो। तर अहिले उसले मृत्यु हुनेको संख्या १२ सयको हाराहारीमा रहेको बताएको हो। 

इजरायली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले आक्रमणमा मारिएकाहरूको तत्काल पहिचान हुन नसकेको बताए। मारिनेमा धेरै जना आक्रमणकारी पनि थिए।

त्यही भएर मृत्यु हुनेको संख्या परिमार्जन गरिएको उनको भनाइ छ।  प्यालेस्टिनी संगठन हमासले अक्टोबर ७ मा इजरायलमा रकेट र बम प्रहार गरेको थियो।

उक्त आक्रमणको जवाफमा इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। 

हमासको स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली आक्रमणमा हालसम्म ११ हजार ७८ जना मारिएको र २७ हजार मानिस घाइते भएको जनाएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .