टर्कीको पर्यटन क्षेत्रले पर्यटकको आकर्षण बढाउन प्रारम्भिक बुकिङ सुरु गर्ने भएको छ।
थप वैकल्पिक गन्तव्यको पहिचान गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउने योजनास्वरुप यसो गरिएको बताइएको छ।
एसोसिएसन अफ टर्किस ट्राभल एजेन्सीका अध्यक्ष फिरोज बगलकायाले डिसेम्बरको पहिलो हप्तादेखि प्रारम्भिक बुकिङ अभियान सुरु गरिएको बताए।
अध्यक्ष बगलकायाले समुन्द्री सतहदेखि सूर्य, सांस्कृतिक पार्क र चिकित्सा पयर्टन लगायतले टर्की भ्रमणमा आउने पर्यटकलाई लोभ्याउने बताए।
टर्कीले सन् २०२३ को पहिलो नौ महिनामा ४१.९ बिलियन अमेरिकी डलर पर्यटन राजस्वबाट कमाएको थियो।
यो वर्ष देशले ५६ अर्ब डलरको पर्यटन कारोबार गर्ने लक्ष्य राखेको छ। –सिन्ह्वा
39
Shares

प्रतिक्रिया