ad ad

ग्लोबल


सरकारले आफ्नो फोन ह्याक गर्न खोजेको भारतका विपक्षी नेताहरुको आरोप

सरकारले आफ्नो फोन ह्याक गर्न खोजेको भारतका विपक्षी नेताहरुको आरोप

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १९:११,

भारतका विपक्षी दलका नेताहरुले सरकारले आफ्नो फोन ह्याक गर्न खोजेको बताएका छन्।  एप्पलबाट चेतावनी सन्देश प्राप्त गरेको उनीहरुको भनाइ छ।

उनीहरुको फोनमा प्राप्त एप्पल एलर्टमा ‘राज्यप्रायोजित आक्रमणकारीले निसाना बनाएको’ उल्लेख छ।

तर, मन्त्रीहरुले सो आरोपको खण्डन गरेका छन्। 

हालसम्म करिब एक दर्जन विपक्षी नेताहरुले त्यस्तो एलर्ट आएको बताएका छन्। जसमा कंग्रेसका शशि थरुर, केसी वेणुगोपाल, त्रिणमूल कंग्रेसकी महुवा मोइत्रा र शिव सेना उद्धव ठाकरेकी प्रियंका चदुर्वेदीजस्ता सांसद छन्।

कंग्रेस नेता राहुल गान्धीले पनि आफ्नो अफिसमा काम गर्ने कयौँ व्यक्तिलाई यस्तो एलर्ट आएको जनाएका छन्।

‘हामी डराउँदैनौँ। तिमी जति फोन ट्याप गर्छौ, गर। मलाई मतलब छैन। मेरो फोन लैजान्छौ भने पनि दिन्छु,’ उनले भने।

सिद्धार्थ वरदराजनलगायत पत्रकारले पनि आफूहरुलाई एलर्ट आएको बताएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .