समाज


पूर्वमन्त्री बस्नेत र एनआरएनए अध्यक्ष केसीविरुद्ध उजुरी

पूर्वमन्त्री बस्नेत र एनआरएनए अध्यक्ष केसीविरुद्ध उजुरी

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १९:१७, काठमाडौँ

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेत र एनआरएनएका अध्यक्ष बद्री केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ। 

नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष समेत रहेका ओम शर्माले उनीहरूविरुद्ध काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा उजरी दिएका हुन्। 

एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन गरेको भन्दै प्रश्न उठाउँदा आफूमाथि कुटपिट भएको भन्दै उनले उजुरी दिएको प्रहरी स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। 

एनआरएनए समानान्तर कमिटीका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले मंगलबार दुर्व्यवहार गरेको र शर्मामाथि कुटपिट गरेको उनीहरूले दाबी गरेका छन्। 

संघको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा शर्मामाथि दुव्र्यवहार भएको बताइएको छ। 

शर्मालाई युवा संघका कार्यकर्ताले कार्यालय छाडेर बाहिर जान चेतावनी समेत दिएका थिए।

कुटपिटबाट शर्माको मुखमा चोट लागेको छ। उनी अहिले अस्पतालमा उपचाररत छन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad