ad ad

ग्लोबल


एक व्यक्तिले आत्मसमर्पण गर्दै बताए– केरलामा बम विस्फोट किन गराए?

एक व्यक्तिले आत्मसमर्पण गर्दै बताए– केरलामा बम विस्फोट किन गराए?

केरला विस्फोट


नेपालखबर
कात्तिक १३, २०८० सोमबार ८:४९, काठमाडौँ

भारत केरलाको एर्नाकुलममा रहेको कन्भेन्सन सेन्टरमा आइतबार ५ मिनेटभित्रै तीनवटा विस्फोट भएका छन्। जसमा परी २ जनाको मृत्यु भएको र ५२ जना घाइते भएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। 

उसका अनुसार विस्फोटका बेला सम्मेलन केन्द्रमा २ हजार मानिस प्रार्थना गरिरहेका थिए। घटनापछि डोमिनिक मार्टिन नामका एक व्यक्तिले त्रिशुरमा आत्मसमर्पण गरेका छन्। 

कन्भेन्सन सेन्टरमा बम विस्फोट आफूले नै गराएको दाबी उनले गरेका छन्। 

प्रहरीका अनुसार डोमिनिकले आत्मसमर्पण गर्नुअघि फेसबुक लाइभ गरेका थिए। 

त्यसमा उनले विस्फोट कारण पनि दिएका छन्।

फेसबुक लाइभमा उनले आफू पनि ईसाई धर्मको जेहोभास विटनेस समूहसँग सम्बद्ध रहेको बताएका छन्, तर उनलाई उसको विचारधारा मनपर्दैन।

फेसबुक लाइभका क्रममा डोमिनिक

उनले भनेका छन्, ‘उनीहरू देशका लागि खतरा हुन्, किनभने उनीहरूले देशका युवाहरूको दिमागमा विष हालिरहेका छन्। त्यही भएर बम विस्फोट गराएको हुँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .