केरलाको कन्भेन्सन सेन्टरमा आइतबार भएको विस्फोटपछि भारतको राष्ट्रिय राजधानी दिल्लीका चर्च, मेट्रो स्टेसन र सार्वजनिक स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
समाचार एजेन्सी पीटीआईले एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै दिल्लीका मुख्य बजार, चर्च, मेट्रो स्टेसन, बस स्ट्यान्ड, रेलवे स्टेसन र अन्य प्रमुख सार्वजनिक स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।
प्रहरीलाई उत्तर प्रदेश र हरियाणासँगको दिल्ली सीमामा ब्यारिकेड लगाउन भनिएको छ।
विभिन्न ठाउँमा सिभिल ड्रेसमा प्रहरी तैनाथ गरिएको र कुनै पनि सूचनालाई बेवास्ता नगर्न पीसीआरलाई सचेत गराइएको ती अधिकारीले बताएका छन्।
प्रहरी अधिकारीका अनुसार चाडपर्वका कारण थप प्लाटुन तैनाथ गरिएको छ।
केरलाको कालामासेरीमा रहेको एक सम्मेलन केन्द्रमा आइतबार भएको विस्फोटमा एक महिलाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।
#WATCH | Security tightened in crowded places in Delhi, after blast in the convention centre, in Kalamassery, Kerala.
(Visuals from Chandni Chowk area) pic.twitter.com/mlCP0H424q— ANI (@ANI) October 29, 2023
Shares

प्रतिक्रिया