ad ad

ग्लोबल


इजरायली सेनाले गाजामा भएका जनतालाई जारी गर्‍यो आपतकालीन सन्देश

इजरायली सेनाले गाजामा भएका जनतालाई जारी गर्‍यो आपतकालीन सन्देश

नेपालखबर
कात्तिक ११, २०८० शनिबार २०:२९, काठमाडौँ

इजरायल डिफेन्स फोर्सले शनिबार उत्तरी गाजाका प्यालेस्टिनी नागरिकहरूलाई आपतकालीन सन्देश जारी गरेको छ। 

इजरायल रक्षा बलका प्रवक्ता डेनियल हगारीले तत्काल दक्षिणी गाजातर्फ जान आग्रह गर्दै आपतकालीन सन्देश जारी गरेका हुन्।

उनले एक भिडिओ सन्देश जारी गर्दै द्वन्द्व समाप्त भएपछि मात्र यहाँ फर्कन सम्भव हुने बताएका छन्। 

‘गाजाका नागरिकहरू, ध्यानपूर्वक सुन्नुहोस्। यो इजरायली सेनाको तत्काल सैन्य सल्लाह हो। हामी तपाईंलाई अस्थायी रूपमा उत्तरी गाजा र गाजा शहर छोड्न र आफ्नो सुरक्षाको लागि तुरुन्तै दक्षिणी गाजामा जान आग्रह गर्दछौं,,’ उनले भिडिओ सन्देशमा भनेका छन्, ‘यो एक अस्थायी कदम हो र तीतो द्वन्द्व समाप्त भएपछि मात्र यहाँ फर्कन सम्भव हुनेछ।’

हमासले विद्यालय, मस्जिद र अस्पताललगायत नागरिक क्षेत्रमा हतियार र विस्फोटक पदार्थ राखेर तपाईको जीवनलाई खतरामा पारेको उनले भिडिओ सन्देशमा भनेका छन्। ‘हामासको खतरालाई सटीक र तीव्रताका साथ हटाउन यो कारबाही गरिएको हो’, उनले भनेका छन्।

शुक्रबार रातिदेखि इजरायलले पूरै गाजा पट्टीमा अभूतपूर्व बमबारी गरेको जानकारी गराउँदै उनले गाजा पट्टीका सञ्चार च्यानलहरू पनि ध्वस्त भएकाले कुनै जानकारी आउन नसकेको बताएका छन्। 

इजरायली सेनाले अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा बमबारी गर्न थालेपछि उत्तरी गाजाका बासिन्दाहरूलाई इलाका छाड्न चेतावनी दिएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा हालसम्म ३ हजार बालबालिकासहित ७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .