ad ad

ग्लोबल


गाजाको नरसंहार रोक्न लिभरपुल स्टार सलाहको आह्वान

गाजाको नरसंहार रोक्न लिभरपुल स्टार सलाहको आह्वान

नेपालखबर
कात्तिक २, २०८० बिहिबार १५:४२,

इजिप्ट तथा लिभरपुलका फुटबल स्टार मोहम्मद सलाहले गाजामा भइरहेको नरसंहार रोक्न आह्वान गरेका छन्। उनले तुरुन्तै मानवीय सहायता गाजा लैजान अनुमति दिनुपर्ने पनि बताएका छन्।

अल अहली अरब अस्पतालमा करिब ५ सय जनाको ज्यान जानेगरी भएको हमलापछि उनले यस्तो आह्वान गरेका हुन्।

प्यालेस्टाइनी अधिकारीहरुले सो आक्रमण इजरायलले गरेको बताएका छन्। इजरायलले भने त्यसलाई अस्वीकार गर्दै प्यालेस्टाइनी इस्लामिक जिहादले प्रहार गरेको रकेट विस्फोट हुँदा सो घटना भएको दाबी गरेको छ।

‘यस्तो समयमा बोल्न सहज हुँदैन। अति नै हिंसा भएको छ, अति नै क्रुरता देखिएको छ,’ सलाहले इन्स्टाग्राममा भिडिओ पोस्ट गर्दै भनेका छन्, ‘सबैको जीवन पवित्र छ र त्यसको रक्षा गर्नुपर्छ। नरसंहार रोकिन आवश्यक छ।’

च्याम्पियन्स लिग र प्रिमियर लिग विजेता रहिसकेका सलाह अरब विश्वका प्रसिद्ध खेलाडीमध्ये एक हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .