ad ad

ग्लोबल


बम्बई उच्च अदालतले भन्यो– महिलाले छोटो लुगा लगाएर नाच्नु अश्लीलता होइन

बम्बई उच्च अदालतले भन्यो– महिलाले छोटो लुगा लगाएर नाच्नु अश्लीलता होइन

नेपालखबर
असोज २७, २०८० शनिबार ७:०, काठमाडौँ

भारतस्थित बम्बई उच्च अदालतको नागपुर बेन्चले अरूलाई कुनै असर गर्र्दैन भने महिलाले छोटो कपडा लगाएर नाच्नुलाई अश्लीलता भन्न नसकिने बताएको छ। 

भातरीय पत्रिका दैनिक भास्करका अनुसार अदालतले नागपुरको एक रिसोर्टमा छोटा कपडामा नाचिरहेका ६ महिला र ६ पुरुषविरुद्ध दर्ता एफआईआर रद्द गर्दै उक्त फैसला गरेको हो। 

मुम्बई प्रहरीले गत जुन महिनामा एउटा रिसोर्टमा छापा मारेको थियो, जहाँ ६ जना महिला छोटो स्कर्ट लगाएर नाचिरहेका थिए भने केही पुरुषले उनीहरूको शरीरमा नक्कली नोट बर्साइरहेका थिए। 

त्यस क्रममा प्रहरीले अश्लीलता फैलाएको आरोपमा ६ महिला र ५ पुरुषविरुद्ध मुद्दा दर्ता गरेको थियो। यसबारे सुनुवाइ गर्दै अदालतले आरोपित महिला नर्तक भएको उल्लेख गर्दै उनीहरूले छोटो लुगा लगाउनु, उत्तेजक नृत्य गर्नु र इशारा गर्नुलाई अश्लील भन्न नमिल्ने फैसला गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .