क्यानाडाका हिन्दूहरूले सुरक्षा माग गर्दै त्यहाँको सरकारलाई पत्र पठाएका छन्।
बुधबार खालिस्तानी आतंकवादी गुरपतवन्त सिंह पन्नुले क्यानाडामा रहेका हिन्दूहरूलाई देश छाड्न धम्की दिएका छन्।
यसबाट आफूहरू असुरक्षित भएको भन्दै क्यानाडाका हिन्दूहरूले जस्टिन ट्रुडो सरकारलाई पत्र लेखेका हुन्।
पत्रमा पन्नुको भनाइप्रति चिन्ता व्यक्त गर्दै यसलाई घृणित अपराध घोषणा गर्न माग गरिएको छ।
क्यानाडाको हिन्दू संगठन हिन्दु फोरम क्यानाडाले त्यहाँका सार्वजनिक सुरक्षामन्त्री डोमिनिक लेब्लेनलाई पत्र पठाएर क्यानाडावासी हिन्दूहरूको सुरक्षामा ध्यान दिन आग्रह गरेको हो।
हिन्दू संगठनले आफ्नो पत्रमा भनेको छ, ‘पन्नुले स्पष्ट रूपमा आफ्नो र आफ्ना खालिस्तानी सहकर्मीहरूको विचार व्यक्त गरेका छन्। उनीहरू आफ्नो विचारधारासँग असहमत मानिसहरूलाई निशाना बनाउन चाहन्छन्। क्यानाडा सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।’
पत्रमा पन्नुको यो भनाइलाई अझै पनि अभिव्यक्ति स्वतन्त्रताका रूपमा लिइन्छ कि भनेर पनि सोधिएको छ।
Shares

प्रतिक्रिया