ग्लोबल


खालिस्तानी नेता हरदीप सिंह, जसका कारण भारत र क्यानाडाबीच चुलियो तनाव

खालिस्तानी नेता हरदीप सिंह, जसका कारण भारत र क्यानाडाबीच चुलियो तनाव

नेपालखबर
असोज २, २०८० मंगलबार १२:३३, काठमाडौँ

खालिस्तानी नेता हरदीप सिंह निज्जरलाई लिएर भारत र क्यानाडाबीचको तनाव चुलिएको छ। 

क्यानाडाको ब्रिटिश कोलम्बिया प्रान्तमा १८ जुनमा हरदीप सिंहको हत्या भएको थियो। क्यानाडाले जसमा भारतको हात रहेको बताउँदै आएको छ। त्यसपछि सिख अलगावादी र भारत सरकारबीच तनाव चरम चुलीमा पुगेको छ।

अहिले भारत-क्यानाडा ताजा तनावको कारण पनि यही भएको छ। निज्जरलाई एक गुरुद्वाराको पार्कङ क्षेत्रनजिकै नकावधारी दुईजना बन्दुकधारीले गोली हानेका थिए। त्यसबेला उनी आफ्नो ट्रकमा थिए। 

निज्जरको हत्यामा संलग्नको अहिलेसम्म पहिचान हुन सकेको छैन। तर यस हत्यकाण्डपछि विरोधको स्वर कयौँ देशमा सुनिएको थियो। खालिस्तान समर्थकहरुले निज्जरको हत्याविरूद्ध क्यानाडाको टोरन्टोका अलावा लण्डन, मेलबर्न र सान फ्रान्सिस्कोसमेत कयौँ सहरमा गत जुलाईमा प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीले भारत सरकारविरुद्ध नारा लगाएका थिए। उनीहरुले भारत सरकारबाटै निज्जरको हत्या भएको आरोप लगाएका थिए। अब यही कुरा अब क्यानाडाले पनि आधिकारिक रुपमा बोलेको छ। जसलाई लिएर भारत सरकारले कडा प्रतिक्रिया दिएको छ। 

भारत खालिस्तानी आन्दोलनको कडा विरोध गर्छ। पञ्जाब समेत देशका सबै मुलधारका राजनीतिक पार्टीहरु हिंसा र अलगाववादको निन्दा गर्छन्। 

ब्रिटिश कोलम्बियामा रहने प्रमुख सिख नेता निज्जर अलग खालिस्तान देशका कडा समर्थक थिए। उनका समर्थकहरुका अनुसार यसै मागका कारण उनलाई धम्की आइरहेको थियो। जबकि भारतले  उनीमाथि चरमपन्थी र अलगवादी समूहको नेतृत्वको आरोप लगाएको थियो।

विवाद बढ्दै जाँदा मंगलबार भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ। 

क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एकजना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो। 

भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ। 

नयाँदिल्लीले निष्कासन गरेका क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ।

यो निर्णयले भारतको आन्तरिक मामिलामा क्यानाडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नता देखिएको विदेश मन्त्रालयका एक जना अधिकारीले बताएका छन्। 

विधिको शासनप्रति दृढ प्रतिबद्धतासहितको लोकतान्त्रिक राजनीतिक पद्धति अपनाएको भारतमाथि  क्यानडाले लगाएको आरोपलाई विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आधारहीन भएको टिप्पणी गरेका छन्। 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को आकष्मिक बैठकमा हरदीपसिंह निज्जरको हत्यामा नयाँदिल्ली संलग्न रहेको आरोप लगाएका थिए। 

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडामा भारत विरोधी गतिविधि बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै क्यानडाको भूमिलाई भारतविरुद्ध उपयोग हुन नदिन आफ्ना समकक्षीलाई अनुरोध गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .