ब्राजिलको अमेजन जंगलको बीचमा रहेको बार्सिलोस सहरमा शनिबार विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
अमेजनसको मानुसबाट बार्सिलोसका लागि उडेको एउटा सानो प्रोपेलर विमान खराब मौसमका कारण दुर्घटनामा परेको हो।
भारी वर्षाका कारण अवतरण गर्न खोज्दा विमान दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।
दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ। विमानलमा दुई चालक दलका सदस्य र १२ यात्रु थिए। यात्रुमा केही पर्यटक रहेको बीबीसीले जनाएको छ।
समाचार एजेन्सी एएफपीका अनुसार अमेजनसका सुरक्षा अधिकारी भिनिसियस अल्मेडाले भने, ‘सानो विमानका पाइलटहरू भारी वर्षाको बीचमा सहरमा पुगेका थिए, जहाँ त्यसबेला पारदर्शिता निकै कम थियो।’
141
Shares
प्रतिक्रिया