टर्कीले गत तीन महिनायता २५८ आतंकवादीलाई निष्क्रिय बनाएको छ।
बुधवार टर्कीका गृहमन्त्री अली येर्लिकायाले तीन महिनाको अवधिमा टर्की सेनाले २५८ आतंकवादीलाई निष्क्रिय बनाएको बताए।
त्यही अवधिमा ४४ वटा आतंकवादी हमला हुनबाट रोकेको पनि मन्त्री अलीले बताए।
टर्कीले आतंकवादीहरु आत्मसमर्पण गरे, मारिए, कब्जामा परे भन्नुको स्थानमा निष्क्रिय भएको भन्न रुचाउँछ।
उनले गत ९० दिनमा ७५ हजार ४४२ अवैध आप्रवासीलाई पक्राउ गरिएको पनि बताएका छन्।
18
Shares
प्रतिक्रिया