इजिप्टको राजधानी कायरोमा बुधबार एक भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको इजिप्टको राज्य नियन्त्रित अहराम पत्रिकाले जनाएको छ।
उक्त घटनामा अन्य पाँच जना घाइते भएका छन्।
उत्तरी कायरोको हदेक अल–कुब्बा जिल्लामा रहेको चारतले भवनमा रहेका मृतक तथा घाइते सबै बासिन्दा एकै परिवारका हुन्।
घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको र भग्नावशेषमा फसेका मानिसहरुको यकिन सङ्ख्या अझै अज्ञात रहेको समाचारमा उल्लेख छ।
सरकारी वकिलले दुर्घटनाको तत्काल अनुसन्धान गर्न आदेश दिएका छन्। गत जुलाईमा पनि सोही क्षेत्रमा एउटा पुरानो भवन भत्किँदा १३ जनाको मृत्यु भएको थियो।
18
Shares
प्रतिक्रिया