ad ad

कारोबार


एडीबी र जीसीएफको बजेट निकासा फुकुवा

एडीबी र जीसीएफको बजेट निकासा फुकुवा

नेपालखबर
भदौ २०, २०८० बुधबार २०:४०, काठमाडौँ

एसियाली विकास बैंक र हरित जलवायू कोष (जीसीएफ) को सोधभर्ना वापतको बजेट फुकुवा भएको छ।

नयाँ आर्थिक वर्षपछि अनुदान र ऋण बापतको बजेट निकासा फुकुवा सुरु भएको हो। 

जीसीएफको  जलवायु उत्थानशील चुरे आयोजना कार्यक्रम अन्तगर्तको अनुदानित बजेट हो।

जसमा वार्षिक बजेट १ अर्ब १ करोड रहेको छ। त्यसमध्ये २१ करोड ९१ लाख रुपैयाँ निकासा फुकुवा भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। 

त्यसैगरी एडीबीको भन्सार सुधार कार्यक्रम अन्तर्गतको बजेट समेत निकासा फुकुवाको निर्णय भएको छ।

चालू आर्थिक वर्षको लागि ६२ करोड  ८ लाख रुपैयाँ विनियोजन भएकोमा २७ करोड ४३ लाख रुपैयाँ निकाशा फुकुवा भएको महालेखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .