ad ad

ग्लोबल


नाइल बाँध विवाद : इजिप्ट, इथियोपिया र सुडानबीच फेरि वार्ता अघि बढ्यो

नाइल बाँध विवाद : इजिप्ट, इथियोपिया र सुडानबीच फेरि वार्ता अघि बढ्यो

नेपालखबर
भदौ ११, २०८० सोमबार १२:२५, काठमाडौँ

इजिप्टको जल तथा सिँचाइ मन्त्रालयले ग्राण्ड इथियोपिया पुनर्जागरण बाँध (जीईआरडी) बारे लामो समयदेखि भइरहेको विवाद समाधानका लागि संवाद सुरु गरेको छ।

आइतबार इजिप्ट, इथियोपिया र सुडानबीच समस्या समाधानका लागि छलफल सरु भएको हो।

इजिप्टका जलश्रोत तथा सिँचाइमन्त्री हानी सेविलमले इथियोपियाको नाइल नदीको खण्डमा बनेको बाँध सञ्चालमा सहमति हुनुपर्ने जोड दिँदै सम्झौताले तीनै देशको हित र चासोलाई ध्यानमा राख्नुपर्ने बताए।

तीन देशको सहमतिबिना बाँध सञ्चालन गर्नु सन् २०१५ मा हस्ताक्षरको उल्लंघन हुने उनले बताए।

इथियोपियाले इजिप्ट र सुडानको विरोधका बाबजुद सन् २०२० मा बाँध सञ्चालन गरेको थियो।

जसले अन्ततः २०२१ बाट त्रिपक्षीय वार्ता हुन सकेको थिएन। इथियोपियाले सन् २०११ मा यो बाँध परियोजना सुरु गरेको थियो।

यसबाट ६ हजार मेगावाट भन्दा बढी बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .