ad ad

कला


उदयको ‘दुई कदम’का २ पोस्टर

उदयको ‘दुई कदम’का २ पोस्टर

नेपालखबर
भदौ ११, २०८० सोमबार १२:२८, काठमाडौँ

उदय सुब्बको निर्देशनमा निर्माण भएको फिल्म ‘दुई कदम’को पोस्टर सार्वजनिक भएको छ। फिल्म निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ। यो फिल्म मंसिर २९ गते रिलिज हुने छ। 

फिल्मको सार्वजनिक एक पोस्टरमा डेब्यु अभिनेता इओन लिम्बु र डेब्यु अभिनेत्री सिमोन गिरीलाई छाता ओढेर रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ। अर्को पोस्टरमा अभिनेता गौरव पहारी रिसाएर हातमा बन्दुक लिएर पड्काउँदा डेब्यु अभिनेत्री गिरी निकै डराएको हाउभाउमा देखिएकी छन्।

अजम्बरी फिल्मस्‌को ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बुको लगानी छ। फिल्ममा गौरव, इओन र सिमोनका साथै सुनिल थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय छ। फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भूमिका निर्वाह गरेका छन्।

मुस्ताङमा एक गीतको सुटिङ गरिएको फिल्मको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो। फिल्ममा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन छ। फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .