ग्लोबल


टर्कीको अन्टाल्यामा विदेशी पर्यटकको संख्या ८ महिनामा एक करोड नाघ्यो

टर्कीको अन्टाल्यामा विदेशी पर्यटकको संख्या ८ महिनामा एक करोड नाघ्यो

नेपालखबर
भदौ ९, २०८० शनिबार १६:७, काठमाडौँ

टर्कीको दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्टाल्यामा जनवरी १ देखि अगस्ट २२ सम्म १ करोड विदेशी पर्यटकहरुले भ्रमण गरेका छन्।

१ लाख भन्दा बढी पर्यटकहरु हवाई यात्राबाट आएको तथ्यांक बाहिरिएको हो। स्थानीय संस्कृति तथा पर्यटन अधिकारीहरुले शुक्रवार यसबारेमा जानकारी गराएका थिए।

अघिल्लो वर्षको तुलनामा जनवरी १ देखि अगस्ट २३ सम्म २० प्रतिशतले बढेका छन्। अगस्ट १ देखि १८ सम्म करिव १८ लाख ८८ हजार विदेशी पर्यटकहरू अन्टाल्या भ्रमणमा पुगेका छन्।

यो गत वर्षको यही समयावधिमा १० प्रतिशतले बढी हो। पर्यटन क्षेत्र टर्कीको मुख्य आर्थिक आयश्रोत हो। पर्यटनले टर्कीमा देशको कुल गार्हस्थ्य उत्पादनमा करिव १० प्रतिशत योगदान दिन्छ। पर्यटनले टर्कीमा करिब १७ लाख मानिसलाई रोजगारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad