ad ad

खेल


हङकङलाई हराउँदै नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

नेपालखबर
भदौ ९, २०८० शनिबार १६:०, काठमाडौँ

चार देश सम्मिलित महिला टी–२० सिरिजको फाइनलमा हङकङलाई पराजित गर्दै नेपालले उपाधि हात पारेको छ। 

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले हङकङलाई १३ रनले पराजित गरेको हो। 

नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक बनेपछि डकवर्थ लुइस पद्दतिमार्फत् विजेता घोषणा गरिएको हो। 

हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा वर्षाका कारण खेल रोकिएको थियो।

भारी वर्षाका कारण पुन खेल सुचारु हुन नसक्दा नेपाल विजयी भएको हो। 

वर्षा सुरु हुनु अघि नेपालले ५ दशमलव ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको थियो।

हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको थियो।

नेपालले परिमार्जित २५ रनको लक्ष्य पाएको थियो।

जसमा ५.३ ओभरमा १ विकेटसहित ३७ रन बनाएपछि नेपालले १३ रनको विजय हासिल गर्न सफल भएको मलेसियन क्रिकेट संघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .