ग्लोबल


दुषित जल समुन्द्रमा फालेको जापानको कदमविरुद्ध दक्षिण कोरियाली सांसदहरुको विरोध

दुषित जल समुन्द्रमा फालेको जापानको कदमविरुद्ध दक्षिण कोरियाली सांसदहरुको विरोध

नेपालखबर
भदौ ८, २०८० शुक्रबार १८:५१, काठमाडौँ

दक्षिण कोरियाको मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरुले जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फालेकोबारे विरोध जनाउँदै मार्च पास गरेका छन्।

शुक्रवार दक्षिण कोरियाको राजधानी सोउलमा विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरुले जापानको सो कदमको बिरोध गरेका हुन्। जापानले सो निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र छिमेकी देशहरुले बिरोध जनाएका छन्। साथै सरकारको सो निर्णयको स्थानीय र मत्स्य व्यवसायीहरुले विरोध गर्दै प्रदर्शनसमेत गरिरहेका छन्।

जापानले गत बिहीवार दिउँसो १ बजेबाट दुषित पानी प्रशान्त महासागरमा फाल्न शुरु गरेको थियो। पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी फाल्ने बताइएको छ।

दुषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइडहरु छन्, जसले समुन्द्री वातावरण र मानव स्वास्थ्यको लागि असर गर्छ। जापानको यो कदमसँगै छिमेकी देशहरु र प्रशान्त टापुका देशहरु आक्रोशित बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad