ad ad

सुदूरपश्चिम


दार्चुलाकी युवती धनगढीमा मृत फेला, प्रेमी स्ववियु सभापति पक्राउ

दार्चुलाकी युवती धनगढीमा मृत फेला, प्रेमी स्ववियु सभापति पक्राउ

नेपालखबर
भदौ ८, २०८० शुक्रबार १८:५३, कञ्चनपुर

कैलालीको धनगढीमा दार्चुलाकी युवती मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्दै आएकी दार्चुलाकी २२ वर्षीय राजेश्वरी डडाल झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन।

दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएकी मृतक डडाल धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा शिक्षण गर्थिन्। 

प्रहरीका अनुसार चटकपुरमा आफन्तको घरमा बस्ने डडाल नजिकै रुखमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। 

यो घटनामा दार्चुलाको मार्माकै २५ वर्षीय जगदिश कोट्टारी पक्राउ परेका छन्। आत्महत्या दुरुत्साहन मुद्दामा पीडित परिवारले किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि कोट्टारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।

उनी मार्मास्थित लटिनाथ क्याम्पसका स्ववियु सभापति हुन। प्रहरीका अनुसार कोट्टारी र मृतक डडाल प्रेम सम्बन्धमा रहेको खुलेको छ।

कोट्टारी विवाहित हुन्।

लामो समयदेखि युवतीलाई यातना दिँदै आएको र आत्महत्या गर्न बाध्य पारेको भन्दै पीडित परिवारका सदस्यले कोट्टारीविरुद्ध किटानी जाहेरी दिएका हुन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .