ad ad

ग्लोबल


परमाणु विकिरणको फोहोर पानी समुद्रमा फालेपछि जापानमा आन्दोलन चर्कियो

परमाणु विकिरणको फोहोर पानी समुद्रमा फालेपछि जापानमा आन्दोलन चर्कियो

सिन्ह्वा
भदौ ८, २०८० शुक्रबार १२:३७, काठमाडौँ

जापान सरकारले बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न थालेसँगै आन्दोलन थप चर्किएको छ।

जापानको उक्त निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र देशहरुले विरोध जनाएका हुन्।

सरकारको निर्णयको विरोधमा स्थानीय र मत्स्य व्यवसायीहरुले समेत प्रदर्शन गरिरहेका छन्।

जापानले बिहीवार दिउँसो १ बजेबाट दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेको हो।

टेप्कोका अनुसार पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणको दूषित पानी फाल्ने जनाएको छ।

दूषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइड छन्, जसले समुन्द्री वातावरण र मानव स्वास्थ्यको लागि असर गर्छ।

जापानको यो कदमसँगै छिमेकी देशहरु चीन, दक्षिण कोरिया र प्रशान्त टापुका देशहरु आक्रोशित बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .