ad ad

ग्लोबल


कुरान जलाइएपछि स्विडेनमा आक्रमणको त्रास, सुरक्षा बढाइयो

कुरान जलाइएपछि स्विडेनमा आक्रमणको त्रास, सुरक्षा बढाइयो

सिन्ह्वा
भदौ १, २०८० शुक्रबार ११:३२, काठमाडौँ

आतंकवादीहरुको खतरालाई औंल्याउँदै स्विडेनले सुरक्षा सतर्कता बढाएको छ।

स्वीडिस सुरक्षा सेवा (एसएपीओ) ले बिहीबार आतंकवादीहरुको खतरा आएको भन्दै थप सतर्कता बढाएको बताएको हो।

स्वीडिस सुरक्षा सेवाका महानिर्देशक चार्लोट भोन एसेनले इस्लामवादीहरुले थप हिंसात्मक गतिविधि बढाएकाले सुरक्षा व्यवस्था कडा बनाइएको बताए।

यो खतरा लामो समयसम्म रहने स्विडेनले बताएको छ। स्विडेन र डेनमार्क दुवै देशको राजधानीमा कुरान जलाएपछि विश्वका मुस्लिम देशहरुले त्यसको आलोचना गर्दै आएका छन्।

त्यही विषयलाई लिएर स्विडेनमा सुरक्षा चुनौती बढेको हो। स्विडेनले यसअघि पनि १८ नोभेम्बर सन् २०१५ देखि २ मार्च सन् २०१६ सम्म सुरक्षा सतर्कता बढाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .