ग्लोबल


भारतको रुद्रप्रयागमा गुडिरहेको कारमा पहिरो खस्दा ५ जनाको मृत्यु

भारतको रुद्रप्रयागमा गुडिरहेको कारमा पहिरो खस्दा ५ जनाको मृत्यु

घटनास्थल। तस्बिर : बीबीसी हिन्दी


नेपालखबर
साउन २७, २०८० शनिबार ९:१३, काठमाडौँ

भारतस्थित रुद्रप्रयागको गौरीकुण्ड राजमार्गमा गुडिरहेको कारमा पहिरो खस्दा ५ जनाको मृत्यु भएको छ।

गौरीकुण्ड राजमार्गअन्तर्गत तरसालीमा खसेको पहिरो पन्छाउने क्रममा कार फेला परेको र त्यसभित्र ५ जनाको शव भेटिएको बीबीसी हिन्दीले जनाएको छ। 

जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले भने, ‘साँझ ६ बजे जेसीबीमार्फत पहिलो पन्छाउने क्रममा एउटा गाडी (स्विफ्ट डिजायर) फेला पर्‍यो, जसभित्र पाँच जनाको शव भेटियो। मृतकमा गुजरातका तीन र राजस्थान र उत्तराखण्डका एक–एक जना छन्।’

राजवारका अनुसार गत बिहीबार साँझ ५ बजे फाटाबाट करिब ३ किमि अगाडि तरसाली गाउँनजिकै सडक माथिबाट ढुंगासहितको पहरो गुडिरहेको गाडीमा खसेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad