ग्लोबल


पुटिनका आलोचक नाभाल्नीको जेल सजाय बढाएर १९ वर्ष पुर्‍याइयो

पुटिनका आलोचक नाभाल्नीको जेल सजाय बढाएर १९ वर्ष पुर्‍याइयो

नेपालखबर
साउन २०, २०८० शनिबार ८:४४, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक विपक्षी नेता एलेक्सी नाभाल्नीको जेल सजाय बढाएर १९ वर्ष पुर्‍याइएको छ।

बीबीसीका अनुसार जेलमा रहेका उनले सजाय समय बढाइएपछि आफ्ना समर्थकलाई आन्दोलन जारी राख्न भनेका छन्।

उनलाई चरमपन्थी संगठन निर्माण र सञ्चालन गरेको कसुर लागेको छ। तर उनले आफूविरुद्ध लगाइएका अभियोगको खण्डन गरेका छन्।

नाभाल्नी यसअघि नै प्यारोल, जालसाजी र अदालतको अवहेलनाको मुद्दामा ९ वर्षको जेल सजाय काटिरहेका छन्। उनीविरुद्ध लगाइएका मुद्दा राजनीतिक प्रेरित  मानिन्छ।

उनलाई टाढाको कोलोनीमा मुद्दा चलाइएको थियो, जहाँ उनी २०२१ देखि छन्।

पुटिन सरकारको सबैभन्दा स्पष्ट आलोचक नाभाल्नीले आफ्नो समय ‘विशेष शासन कोलोनी’ मा बिताउनेछन्। यो कुनै पनि उच्च सुरक्षा कारागारभन्दा कठिन क्षेत्र हो। यो एक प्रकारको यस्तो जेल हो जहाँ सामान्यतया खतरनाक अपराधी र आजीवन कारावास भएका व्यक्तिहरूलाई राखिन्छ।

यहाँ नाभाल्नीले एक्लोपनको सामना गर्नुपर्ने हुनसक्छ र बाहिरी दुनियासँगको सम्पर्कमा उनलाई प्रतिबन्ध पनि लाग्न सक्छ।

उनलाई २०२० अगस्टमा विष पिलाइएको थियो तर राम्रो उपचारपछि उनी बाँच्न सफल भए। 

उनका विषयमा अमेरिका, बेलायत, फ्रान्सलगायत धेरै देशले चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad