समाज


आँखा पाक्ने समस्या बढेपछि हरिवनका विद्यालयमा चार दिन बिदा

आँखा पाक्ने समस्या बढेपछि हरिवनका विद्यालयमा चार दिन बिदा

नेपालखबर
साउन २०, २०८० शनिबार ९:१४, सर्लाही

विद्यार्थीमा आँखा पाक्ने समस्या बढ्न थालेपछि सर्लाहीको हरिवन नगरपालिकाले चारदिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। 

आँखा पाक्ने रोग नियन्त्रणको लागि निःशुल्क आँखा उपचार शिविरसमेत सञ्चालन गरेको हरिवन नगरपालिकाले आगामी सोमबारसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो। 

नगरपालिकाको निर्णयअनुसार शुक्रबारदेखि सोमबारसम्म विद्यालयमा बन्द गरिएको हरिवन- ८ स्थित महादेव जनता माविका प्रधानाध्यापक जयशंकर सिंहले जानकारी दिए। 

हरिवन नगरपालिका क्षेत्रमा आँखा पाक्ने समस्याबाट धेरै मानिस बिरामी परेका छन्। आँखा पाक्ने समस्याबाट विद्यालय जाने बालबालिका बढी पीडित बनेका छन्। 

आफ्नो विद्यालयका ५० प्रतिशत बालबालिमा आँखा पाक्ने समस्या देखिएको प्रअ सिंहले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .