ad ad

ग्लोबल


१४० वर्षपछि बेइजिङमा भीषण वर्षा, १३ करोड चिनियाँ प्रभावित

१४० वर्षपछि बेइजिङमा भीषण वर्षा, १३ करोड चिनियाँ प्रभावित

तस्बिरहरू : विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट


नेपालखबर
साउन १७, २०८० बुधबार १९:३८, बेइजिङ

चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्। 

बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासका क्षेत्रमा ७४४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ।  सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो। 

राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन्। वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो। राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन्। 

वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ। अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन्। साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन्। 

बाढीपहिरामा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन्। राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो।

साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए। उद्धारका क्रममा मङ्गलबार दुई जनाले बेइजिङमा ज्यान गुमाएको बताइएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .