ad ad

राजनीति


सत्ताकै केन्द्रतिर शंकाको सुई सोझियो, अब सुन तस्करीको छानबिन सेलाउँछ : गोकुल बास्कोटा

सत्ताकै केन्द्रतिर शंकाको सुई सोझियो, अब सुन तस्करीको छानबिन सेलाउँछ : गोकुल बास्कोटा

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८० बुधबार १९:४१, काठमाडौँ

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सत्ताकै केन्द्रतिर शंकाको सुई सोझिएपछि अब सुन तस्करीको छानबिन र अनुसन्धान सेलाउँदै जाने बताएका छन्।

पछिल्लो समय सुन तस्करीमा जोडिएकाहरुको कनेक्सन एकपछि अर्का नेकपा माओवादी केन्द्रका नेताहरुसँग देखिन थालिरहँदा बास्कोटाको यस्तो भनाइ आएको हो। 

उनले अब सुन तस्करी र कारोबारीका समाचार सेलाउँदै जाँदा अनुसन्धानबाट तथ्यहरु आउने सम्भावना पनि निकै कम रहेको बताए।

उनले सुन तस्करसँग जोडिएकाहरुको कारोबार नेपालदेखि सिंगापुर र बेल्जियमसम्म रहेको पनि उल्लेख गरेका छन्। 

‘अब सुन तस्करी र कारोबारीका समाचार सेलाउॅंदै जालान्, किनकी शंकाको सुई सत्तासिनकै केन्द्रतिर सोझिने तथ्यहरु आउने सम्भावना निक्कै बढेर जाने देखिन थालेको छ’, उनले भनेका छन्, ‘बेल्जियमको रेष्टुरा बिक्री, झम्सिखेल घरजग्गा करोबार, सिंगापुरतिर रकम निकासी, श्रमिकको प्रवासै डलर खरिद र हुन्डी, राजस्व नाका सेटिङ...।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .