ग्लोबल


अस्ट्रेलियाको समुद्र किनारमा भेटिएको यो धातु भारतसँग सम्बन्धित हुनसक्ने दाबी

अस्ट्रेलियाको समुद्र किनारमा भेटिएको यो धातु भारतसँग सम्बन्धित हुनसक्ने दाबी

अस्ट्रेलियाको समुद्र किनारमा फेला परेको वस्तु। तस्बिर : रोयटर्स


नेपालखबर
साउन १५, २०८० सोमबार २२:१०, काठमाडौँ

अस्ट्रेलियाको अन्तरिक्ष एजेन्सीले अस्ट्रेलियाको समुद्र किनारमा भेटिएको ठूलो गुम्बज भएको धातुको वस्तुको बारेमा नयाँ दाबी गरेको छ। 

अस्ट्रेलियाको अन्तरिक्ष एजेन्सीले समुद्र तटमा भेटिएको वस्तु भारतसँग सम्बन्धित हुन सक्ने बताएको हो। 

उल्लेखनीय कुरा के छ भने जुलाई १४ मा भारतको अन्तरिक्ष एजेन्सी इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले चन्द्रयान-३ सफलतापूर्वक प्रक्षेपण गरेको थियो। यस प्रक्षेपणमा पीएसएलभी रकेटको प्रयोग गरिएको थियो।

केही दिनपछि अस्ट्रेलियाको तटमा एक धातु वस्तु भेटियो, जुन पीएसएलभी रकेटको टुक्रा भएको दाबी गरिएको थियो।

त्यसबेला अस्ट्रेलियाको अन्तरिक्ष एजेन्सीले यो भग्नावशेष समुद्रमा खसेको विदेशी अन्तरिक्ष प्रक्षेपण वाहनको हुनसक्ने बताएको थियो, तर एजेन्सी थप विश्लेषणका लागि विश्वका बाँकी अन्तरिक्ष एजेन्सीहरूसँग सम्पर्कमा छ।

अस्ट्रेलियाले के भन्यो?
अस्ट्रेलियाको अन्तरिक्ष एजेन्सीले सोमबार ट्विट गर्दै आफ्नो समुद्र तटमा भेटिएको वस्तु भारतसँग सम्बन्धित हुनसक्ने जानकारी दिएको छ।

एजेन्सीले ट्विट गरेको छ, ‘हामीले पश्चिमी अस्ट्रेलियाको जुरियन बे नजिकैको समुद्र तटमा भेटिएको वस्तुको बारेमा निष्कर्ष निकालेका छौं। यो पोलर स्याटेलाइट प्रक्षेपण वाहन (पीएसएलभी) को तेस्रो चरणको भग्नावशेष हुन सक्ने अनुमान गरिएको छ।’ 

यसपछि, एजेन्सीले यो भग्नावशेषको बारेमा इसरोसँग काम गरिरहेको र यसका बारेमा थप जानकारी अर्को चरणमा बाहिर आउने जानकारी दिएको छ, साथै संयुक्त राष्ट्र संघको अन्तरिक्ष सन्धिको दायित्वलाई पनि ध्यानमा राखिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad