ग्लोबल


ज्याक माको कम्पनीलाई १ अर्ब डलर जरिवाना

ज्याक माको कम्पनीलाई १ अर्ब डलर जरिवाना

नेपालखबर
असार २३, २०८० शनिबार १६:२९, काठमाडौँ

चिनियाँ अर्बपति ज्याक माको प्रविधि कम्पनी एन्ट ग्रुपले वित्तीय कानुन र निर्देशिका उल्लंघन गरेको आरोपमा करिब १ अर्ब डलर जरिवाना तिर्नुपर्ने भएको छ।

ऋण, इन्सोरेन्ससहित स्टार्टअप कम्पनीमा लगानी गर्दै आएको उक्त ग्रुपमाथि चिनियाँ वित्तीय नियामकहरुले शुक्रबार ९८ करोड ५० लाख डलर जरिवाना लगाउने निर्णय गरेका हुन्। कम्पनीमाथि उपभेक्ता संरक्षण कानुन र कर्पोरेट सुशासन उल्लंघन गरेको आरोप छ। 

यसअघि सन् २०२० मा चीन सरकारले उक्त कम्पनीको आईपीओ रोकिदिएको थियो। उक्त आईपीओ जारी प्रकिया सरकारले रोकिदिएपछि कम्पनीको ३०० अर्ब डलर बराबर रहेको कम्पनीको शेयर मूल्य ८० अर्ब डलरमा संकुचित भएको थियो। 

यसैगरी सन् २०२१ नियामक निकायले एकाधिविरोधी अनुसन्धान गरेका थिए। त्यसबेला ज्याक माकै अर्को कम्पनी अलिबाबामाथि एकाधिकार गरेको आरोपमा २ अर्ब डलर जरिवाना तिर्नु परेको थियो ।

नियामक अनुसन्धानका क्रममा चीनको फुड डेलिभरी कम्पनी मिटुवानले ५५ करोड अमेरिकी डलर र दिदी ग्लोबल इन्कले १ अर्ब २० करोड अमेरिकी डलर जरिवाना बुझाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad