ad ad

ग्लोबल


रूसी पत्रकार मिलाशिना र उनका वकिलमाथि कुटपिट

रूसी पत्रकार मिलाशिना र उनका वकिलमाथि कुटपिट

एजेन्सी
असार २०, २०८० बुधबार १२:२४, काठमाडौँ

रूसी पत्रकार एलेना मिलाशिना कुटिएकी छन्। 

सको चेचन्या प्रान्तको राजधानी ग्रोजनीमा मंगलबार पत्रकार मिलाशिना र उनका वकिल अलेक्जेन्डर नेमोभमाथि अज्ञात समूहले कुटपिट गरेको हो।

सीएनएनका अनुसार उनीहरू चेचन अभियन्ता जरिमा मुशाइभाविरूद्धको मुद्दाको सुनुवाइका लागि अदालत जाने क्रममा अज्ञात समूहबाट कुटिएका हुन्।

‘उनीहरू निकै हताशमा थिए। शायद उनीहरू हामीलाई डर देखाउन चाहन्थे,’ आक्रमणपछि उनले एक टेलिभिजन अन्तर्वार्तामा मिलाशिनाले भनेकी छन्, ‘उनीहरूले हामीलाई दुई पटक कुटपिट गरे।’

टेलिभिजन अन्तर्वार्तामा देखिएकी मिलाशिनाको अनुहारमा हरियो रङ पोतिएको छ। उनको कपाल खौरिएको छ भने हातमा ब्यान्डेज बाँधिएको छ।

‘यो सब उनीहरूले नै गरेका हुन्,’ मिलाशिनाले अन्तर्वार्ताका क्रममा भनिन्। मिलाशिनाका वकिल नेमोभमाथि कुटपिटपछि छुरा प्रहार भएको छ। अहिले उनी अस्पतालमा उपचाररत छन्। त्यति हुँदासमेत उनी अदालतको सुनुवाइमा उपस्थित हुने योजनामा रहेको सिएनएनले उल्लेख गरेको छ।

त्यहाँको प्रहरीले आक्रमणकारी को थिए भन्नेबारे भेउसम्म पाउन सकेको छैन।

यसबारेमा राष्ट्रपति कार्यालय क्रेमलिनले समेत ध्यानाकर्षण भएको जनाएको छ। क्रेमिलनका प्रवक्ता दिमित्री पेस्कोभले घटनाबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराइएको र यसको अनुसन्धान मानवअधिकार आयोगले गर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .