ad ad

कारोबार


१० अर्बको विकास ऋणपत्र निकाल्दै राष्ट्र बैंक, कसले खरिद गर्न पाउँछन्?

१० अर्बको विकास ऋणपत्र निकाल्दै राष्ट्र बैंक, कसले खरिद गर्न पाउँछन्?

फाइल तस्बिर


नेपालखबर
असार २०, २०८० बुधबार १२:२८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले ६ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको हो। 

उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक खरिद गर्न पाउनेछन्। 

विकास ऋणपत्रको २०८० असार २१ गते दिउसो ३ बजे बोलकबोल हुने जनाएको छ। 

राष्ट्र बैंकले ऋणपत्रको ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्ने जनाएको छ।

राष्ट्र बैंकले २०८० असार २२ गते ऋणपत्रमा निष्कासन गर्ने भएको छ। 

ऋणपत्रमा न्यनतम ५० हजार र बढीमा निष्कासित रकमको नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जानेृ अंकमा हुनु पर्ने जनाएको छ। 

पछिल्लो समय बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) बढ्दै जानथालेसँगै राष्ट्र बैंकले  बजारबाट पैसा तानिरहेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .