ad ad

ग्लोबल


१०५ वर्षअघि प्रथम विश्वयुद्धमा मारिएका ३ शवको पहिचान, फ्रान्समा गरियो अन्त्येष्टि

१०५ वर्षअघि प्रथम विश्वयुद्धमा मारिएका ३ शवको पहिचान, फ्रान्समा गरियो अन्त्येष्टि

अमेरिकी सेनाका चिफ जनरल जेम्स म्याकनभिल विश्वयुद्धमा मारिएका सैनिकको कफिनको छेउमा अभिवादन गर्दै


नेपालखबर
जेठ ३०, २०८० मंगलबार ८:४१, काठमाडौँ

करिब २ करोडको ज्यान जानेगरी भएको प्रथम विश्वयुद्ध (१९१४-१९१८) मा भएको प्रथम विश्वयुद्धमा मारिएका ३ जनाको पहिचान भएको छ।

‍युद्धका क्रममा १०५ वर्षअघि मारिएका ती ३ जना क्यानेडाली सैनिक भएको पुष्टि भएको हो। उनीहरू क्यानडाका सैनिक रिचर्ड  मुसग्रेभ (३२ वर्ष), ह्यारी आर्थटन (२४ वर्ष) र पर्सी हावर्थ (२३) वर्ष भएको खुलेको हो। उनीहरूको शवको अवशेष सन् २०१७ मा लेन्सनजिकै फेला परेको थियो।

तीनै जना बेलायततमा जन्मिएका थिए। क्यानडामा बसाइँ सरेका उनीहरू पछि युरोपमा भर्ती भएर युद्ध गर्न फर्किएका थिए।

पहिचान भएपछि उनीहरूको अवशेष गत साता पेरिसबाट ११३ किलोमिटर उत्तरपूर्वमा रहेको Oise-Aisn चिहानमा गाडिएको छ। यही चिहानमा ६ हजार बढी अमेरिकी सैनिक गाडिएको थियो। विश्वयुद्धमा मारिएका उनीहरूको सैनिक संस्कारअनुसार सम्मानसहित अन्त्येष्टी गरिएको हो। 

अन्त्येष्टी समारोहमा ३२ वर्षको उमेरमा मारिएका सैनिक मुसग्रेभका भतिजा ७७ वर्षीय गोर्डन गिलफेथर पनि सहभागी थिए। उनले सनाखत नभए पनि आफूहरूलाई आफ्ना काका फ्रान्समा मारिएको थाहा भएको बताए। 'हामीलाई थाहा थियो कि उहाँ फ्रान्समा मारिनुभएको थियो, उहाँको भिमी मेमोरियलमा सम्मान गरिएको थियो। तर याद गर्नुको विकल्प नै के छ र? उहाँहरूप्रति सद्धभाव दर्शाउनु हाम्रो दायित्व हुन्छ,' उनले भने।

भिमी मेमोरियलमा प्रथम विश्वयुद्धमा फ्रान्समा प्रथम विश्वयुद्धमा ज्यान गुमाएका ११ हजार २८५ क्यानेडियन नागरिकको नाम उल्लेख गरिएको छ। 

समारोहमा सहभागी मुसग्रेभ ८३ वर्षीया नातिनी समारोहमा मुसग्रेभकी बहिनी सहभागी भएको हेर्न चाहेको बताइन्। 'म उहाँकी बहिनीले, जो हाम्री हजुरआमा हुनुहुन्थ्यो, यो समारोहमा हजुरबुवाप्रति भएको यो सम्मान हेरून् भन्ने चाहन्थेँ, किनभने उहाा आफ्नो दाजु अनाहकमा मारिएकोमा निकै पश्चाताप गर्नुहुन्थ्यो।'

हालैका वर्षहरूमा उत्तरी फ्रान्समा विश्वयुद्धमा मारिएका धेरै जनाको अवशेष फेला परेका छन्। जसमध्ये केहीको मात्रै पहिचान भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .