ग्लोबल


अष्ट्रेलियामा जन्ती बोकेको बस दुर्घटना, १० जनाको मृत्यु

अष्ट्रेलियामा जन्ती बोकेको बस दुर्घटना, १० जनाको मृत्यु

नेपालखबर
जेठ २९, २०८० सोमबार १३:५१, काठमाडौँ

अष्ट्रेलियामा जन्ती बोकेको बस दुर्घटना‍ हुँदा १० जनाको मृत्यु भएको छ।

सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा सहभागी हुन आएका जन्ती (पाहुना) चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बस विवाह समारोहमा आएका जन्तीलाई लिएर जाँदै गर्दा दुर्घटना भएको हो। आइतबार अबेर राति बगैँचाको चोकको प्रवेशद्वारमा ठोक्किएपछि फुटपाथमा बस पल्टिएको थियो।

दुर्घटनामा घाइते २० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये १ जनाको अवस्था गम्भीर रहेकोमा अरुको स्थिर छ।

दुर्घटनापछि एक आपतकालीन कर्मचारीहरू उद्धारका लागि घटनास्थल पुगेका थिए।

सामाजिक सञ्जालमा शेयर गरिएको विवाहको तस्बिरमा दुर्घटना हुनुभन्दा केही समयअघि जन्तीहरूले स्थानीय बगैँचाको खाली भागमा भेला भई तस्वीर खिचाएका देख्न सकिन्छ।

दुर्घटनापछि ५८ वर्षीय बस चालकलाई पक्राउ गरी सेस्नोक प्रहरी कार्यालयको हिरासतमा राखिएको कार्यवाहक सहायक आयुक्त ट्रेसी च्यापम्यानले बताए। च्यापम्यानका अनुसार दुर्घटनामा परेका केही यात्रु सिसा फोडेर बाहिर निस्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .