समाज


इजलासमा विचित्र : प्रतिवादी निदाउने, पालो आएपछि वकिल फाइल खोज्न निस्किने

इजलासमा विचित्र : प्रतिवादी निदाउने, पालो आएपछि वकिल फाइल खोज्न निस्किने

फाइल तस्बिर


नेपालखबर
जेठ २९, २०८० सोमबार १३:५४, काठमाडौँ

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाअन्तर्गत सोमबार पनि काठमाडौं जिल्ला अदालतमा प्रतिरक्षा बहस जारी छ।

गत बुधबारदेखि जारी प्रतिरक्षा बहसका क्रममा अहिले अभियुक्त गोविन्द चौधरीको पालो आएको छ। यसअघि सोमबारै पूर्वगृहमन्त्री बालकृ्ष्ण खाँणका सहयोगी नरेन्द्र केसीको बहस सकिएको छ। 

उनको तर्फबाट अहिले दिउँसो १ बजेर २५ मिनेटदेखि अधिवक्ता राम सुब्बाले बहस गरिरहेका छन्।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसमा बिहान ११ बजेदेखि यो मुद्दामा बहस अघि बढेको हो। 

तर प्रतिरक्षा बहसका क्रममा दिनदिनै कुनै न कुनै अनौठा घटना पनि भइरहेका छन्। 

आइतबार इजालसै पुगेर प्रतिवादीमध्ये एक हज कमिटीका अध्यक्ष शमशेर मियाँले आफूहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतम अमानवीय व्यवहार भएको र सुत्न पनि नदिएको गुनासो गरेका थिए।

सोमबार प्रतिरक्षा बहसका लागि इजलासमा लगिएका उनी सुरुबाटै निदाउन पुगे। परिसरमा प्रहरीले राम्रो व्यवहार नगरेको र सुत्न पनि नदिएको गुनासो गरेका उनी बिहान बहस अघि बढ्नेबित्तिकै निदाए।

बिहान ११ बजे बहस सुरु भएलगत्तै निदाएका उनी दिउँसो १ बजे मात्रै ब्युँझिए। 

सोमबारको इजालसमा अर्को रमाइलो दृश्य आफ्नो बहसको पालो आइसक्दा पनि वकिल तयार देखिएनन्।

अभियुक्त चौधरीको पक्षमा प्रतिरक्षा बहसका लागि पालो आइसकेपछि अधिवक्ता सुब्बाले न्यायाधीश न्यौपानेलाई आफ्नो फाइल नै नआइपुगेको सुनाए। 

सवा १ बजे प्रतिरक्षाका लागि पालो आउँदा पनि फाइल नआएपछि सुब्बाको बहस करिब १० मिनेट रोकियो।

न्यायाधीश न्यौपानेले पनि सुब्बाको आग्रहमा इजलासमा बहस रोकेर फाइल कुरे। त्यसपछि करिब ७ मिनेटको बीचमा सुब्बाका एक सहयोगीले दौडाउँदै फाइल ल्याइपुर्‍याए।

फाइल आइपुगेपछि सुब्बाले १.२५ बजेदेखि चौधरीको पक्षमा प्रतिरक्षा बहस गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .