ad ad

ग्लोबल


रूस–युक्रेन युद्ध अन्त्यका लागि अफ्रिकी शान्ति अभियानबारे चिनियाँ राष्ट्रपति सीलाई जानकारी

रूस–युक्रेन युद्ध अन्त्यका लागि अफ्रिकी शान्ति अभियानबारे चिनियाँ राष्ट्रपति सीलाई जानकारी

नेपालखबर
जेठ २७, २०८० शनिबार २१:५९, काठमाडौँ

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले चिनियाँ समकक्षी सी चिनफिङलाई रूस र युक्रेनमा अफ्रिकी नेताहरूले शान्ति स्थापनाका लागि आगामी मिसनबारे जानकारी गराएको प्रिटोरियाले शनिबार जानकारी गराएको छ। 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीले छ सदस्यीय अफ्रिकी प्रतिनिधिमण्डललाई गत महिना स्वागत गर्न सहमत भएको घोषणा गरेका रामाफोसाले बताएका थिए।

रामाफोसाले चिनियाँ राष्ट्रपति सीलाई दिएको जानकारी अनुसार शान्ति अभियानका लागि तय गरिएको प्रतिनिधिमण्डलमा कङ्गो, इजिप्ट, सेनेगल, दक्षिण अफ्रिका, युगान्डा र जाम्बियाका राष्ट्रपति सहभागी हुनेछन्।

चिनियाँ नेता सीले अफ्रिकी महाद्वीपको पहलकदमीको प्रशंसा गर्नुका साथै द्वन्द्वले मानव जीवन र अफ्रिकामा खाद्य सुरक्षामा पारेको प्रभावलाई स्वीकारेको उनको कार्यालयले जनाएको छ।

गत फेब्रुअरीमा बेइजिङले एक पत्र जारी गर्दै द्वन्द्वको ‘राजनीतिक समाधान’ का लागि आह्वान गरेको थियो। यसपछि पश्चिमा देशहरूले यो अवस्थामा हुने वार्ताले रूसले युक्रेनमा कब्जा गरेको अधिकांश भूभाग आफ्नो नियन्त्रणमा राख्न बल पुग्ने चेतावनी दिएका थिए।

चीनले आफू तटस्थ पक्ष भएको दाबी गरे पनि मस्कोको आक्रमण र रूससँगको घनिष्ठ रणनीतिक साझेदारीको निन्दा गर्न अस्वीकार गरेको भन्दै आलोचना हुँदै आएको छ।

गत वर्षको फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमण गरेपछि अफ्रिकी मुलुकहरू खाद्यान्नको बढ्दो मूल्यवृद्धिबाट नराम्ररी प्रभावित भएका छन्।
युद्धले विश्व व्यापारमा पनि व्यापक प्रभाव पारेको थियो। 

दक्षिण अफ्रिका क्रेमलिनतर्फ ढल्केको आरोप लागेपछि दक्षिण अफ्रिकाले आफ्नो साखलाई जोगाउन खोजिरहेको बेला शान्ति अभियान घोषणा भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .