ग्लोबल


कजाकस्तानको जङ्गलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु

कजाकस्तानको जङ्गलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु

नेपालखबर
जेठ २७, २०८० शनिबार २२:०, काठमाडौँ

उत्तरपूर्वी कजाकिस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु भएको आपतकालीन व्यवस्था मन्त्रालयले शनिबार जनाएको छ।

स्थानीय समय अनुसार शनिबार अपरान्ह् मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुल १४ जनाको शव फेला परेको छ। डढेलोका कारण एक लाख ४८ हजार हेक्टर जमिन जलेपछि फसेका वन सुरक्षाका लागि खटिएका अधिकारीहरूको खोजी भइरहेको छ ।’

उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण प्रतिकार्यमा बाधा पु¥याए पनि ३१६ जनालाई सुरक्षित स्थानमा सारिएको, स्थिति नियन्त्रणमा रहेको र घरहरु सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।

कजाकस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले आपतकालीन अवस्थाका मन्त्री युरी इलिनलाई बर्खास्त गरेका छन्।

डढेलो निभाउने प्रयासमा एक हजारभन्दा बढी मानिस सहभागी भएका छन्, जसमध्ये अधिकांश रक्षा र आपतकालीन व्यवस्था मन्त्रालयका रहेका छन्।

विशाल पूर्व सोभियत राष्ट्रका स्थानीय अधिकारीहरूका अनुसार बिहीबार चट्याङ लागेर आगलागी सुरु भएको थियो।

घटनापछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले तोकायेभलाई एक सन्देश लेख्दै समवेदना प्रकट गर्नुभएको छ भने अन्य मुलुकका नेताहरूले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .