ad ad

ग्लोबल


अफगानिस्तानमा ७७ छात्रासहित ८७ जनालाई विष खुवाइयो

अफगानिस्तानमा ७७ छात्रासहित ८७ जनालाई विष खुवाइयो

नेपालखबर
जेठ २२, २०८० सोमबार २१:१७, सार–ए–पोल, अफगानिस्तान

अफगानिस्तानको एक ग्रामीण क्षेत्रमा थुप्रै छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ। 

अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका छात्राहरुसहित ८७ जनालाई विष खुवाइएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक मुफ्ती अमिर सारिपुलीतले सोमबार जानकारी दिएका हुन्। 

सरिपुलितले भने, “सञ्चारक जिल्लाको काबोद अब क्षेत्रमा रहेको फैजाबाद छात्रा विद्यालयका ७७ जना विद्यार्थी, सात जना शिक्षक, पाँच जना अभिभावक र एक जना कर्मचारीलाई विष खुवाइएको हो। उनीहरूको अवस्था स्थिर छ।” 

अधिकारीका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ। 

यसैबीच एक पीडित छात्राकी आमा महनाजले घटनाको निन्दा गर्दै प्रान्तीय प्रशासनलाई घटनामा संलग्नको पहिचान गरी कानुनको कठघरामा ल्याउन आग्रह गरेकी छन्। 

अर्का विद्यार्थी अली आगा करबलाईका पिताले प्रभावित विद्यार्थीको सङ्ख्या ८० भन्दा बढी रहेको उल्लेख गर्दै छोरीको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको बताए। 

गाउँलेका अनुसार आइतबार ८० जना विद्यार्थीसहित ८७ जना एक्कासि बिरामी परेपछि उनीहरूलार्ई अस्पताल लगिएको थियो। उनीहरूलाई कसरी विष आक्रमण गरियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .