ad ad

ग्लोबल


थाइल्याण्डका राजाद्वारा राजकीय सवारीका बेला सडक पुरै बन्द नगर्न आदेश

थाइल्याण्डका राजाद्वारा राजकीय सवारीका बेला सडक पुरै बन्द नगर्न आदेश

नेपालखबर
पुस २८, २०७६ सोमबार ७:५१,

थाइल्याण्डका राजा महा वजिरलंगकर्णले राजकीय सवारीका बेला सडक पुरै बन्द गर्ने परिपाटी रोक्न प्रहरीलाई आदेश दिएका छन्।

राजपरिवारका सवारीका कारण असुविधा भएकोप्रति केहि महिनादेखि अनलाइनमा आलोचना हुन थालेपछि यस्तो कदम चालिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले सोमबार जनाएको छ। थाइल्याण्डका राजपरिवारबारे आलोचना विरलै हुने गर्छ।

अब थाई प्रहरीले शाही सवारीका लागि सडक आंशिक रुपमा मात्र बन्द गरिने सरकारी प्रवक्ता नरुमन पिनोसिन्वतले बताएकी छन्।
रोयटर्सका अनुसार, प्रवक्ताले नयाँ नियमबारेको भिडियो पनि आफ्नो फेसबुक पेजमा प्रसारण गरेकी छन्। सो भिडियोमा शाही सवारी हुँदा यात्रुले सवारीमाथिका पुलहरु प्रयोग गरेको देखाइएको छ।

राजकीय भ्रमण वा राजपरिवारका अन्य सदस्यको भ्रमणका बेला थाई जनताको आवागमनमा परेको प्रभावपप्रति राजा चिन्तित रहेको सो भिडियोमा बताइएको छ।
बैंकक संसारकै बढि भिडभाड हुने शहरमा पर्छ।

गतवर्ष थाइभाषाको ट्विटरमा #रोयलमोटरकेड ह्यासट्याग टप ट्रेण्डिङमा रहेको थियो।

त्यसो त, थाइल्याण्डमा त्यहाँका राजा, रानी, उनका उत्तराधिकारलाई होँच्याउन नपाउने कडा कानुन विद्यमान छ। सो कानुनको उल्लंघन गर्नेलाई १५ वर्षसम्मको जेलसजायँ हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .