पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ।
सर्वाेच्च अदालतले गिरफ्तारी गैरकानुनी भएको फैसला गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो।
बीबीसी हिन्दीका अनुसार सर्वोच्च अदालतले इमरान खानलाई इस्लामावाद हाई कोर्टमा जान भनेको छ र उसले जे निर्णय गर्छ त्याे स्वीकार गर्नुपर्नेछ।
भ्रष्टाचारको मुद्दामा इमरान खानलाई गत मंगलबार अदालत परिसरबाट पक्राउ गरिएको थियो।
उनका वकिलहरूले सर्वोच्च अदालतमा इमरान खानको गिरफ्तारी अवैध भएको तर्क गरेका थिए।
इमरान खान पक्राउ परेपछि पाकिस्तानमा विरोध प्रदर्शन र हिंसात्मक झडपको शृंखला सुरु भएको थियो।
— PTI (@PTIofficial) May 11, 2023PTI Chairman @ImranKhanPTI in Supreme Court today. His arrest has been declared illegal. pic.twitter.com/ewwwIRfqaz
84
Shares

प्रतिक्रिया